

भैरहवा। रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रका बिच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुदघाटन गर्नुभएको छ । भवनको उद्घाटन कार्यक्रममा बोल्नुहुदै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताउनुभयो ।
मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उहाँले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभयो । “पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।” गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताउनुभयो ।
उहाँले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गर्नुभयो । “अध्यागमन भनेको मुलुकको ऐना हो”, उहाँले भन्नुभयो, “कर्मचारीहरुले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।”
उहाँले कार्यालयहरुमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने जनाउनुभयो । “त्यसैले पर्यटनको बिकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी छ”, गृहमन्त्री लेखकले भन्नुभयो । उहाँले नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए । ‘यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “परिणाम तत्काल नदेखिए पनि विस्तारै यसको रिजल्ट आउँछ ।” सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री लेखकको भनाई छ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उहाँँको दावी छ । उहाँले सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको समेत जनाउनुभयो । “हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौं, ती अध्यादेशमा समेटिएका विषयवस्तुप्रति सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा राखिरहेका छन्”, उहाँले भन्नुभयो । लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दावी गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको सौन्दर्यकरणमा लागिपरेको जनाउनुभयो । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उहाँको भनाई छ । उहाँले गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा चल्दा र लुम्बिनीको विकास हुँदा यसले पुरै देशको विकासमा प्रभाव पार्नसक्ने बताउनुभयो । “यी ठाउँको विकास हुँदा मुलुकको पर्यटन क्षेत्रले फड्को मार्नसक्ने धेरै आधार छन्”, उहाले भन्नुभयो ।
भ्याटसहित १० करोड २५ लाख लागतमा कार्यालय भवन निर्माण गरिएको हो । भगवती गौरीशंकर जेवीले निर्माण गरेको उक्त भवन बेसमेन्टसहित ६ तल्लाको छ । अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो कार्यालय भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ । यहाँबाट विदेशी नागरिकलाई आगमन, प्रगामन, पर्यटक भिसा जारी र नविकरण गर्ने, एनआरएन भिषा जारी र नविकरण लगायतका काम हुँदै आएका छन् ।
पर्यटनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७