TRENDING
होमपेज
पहिरोका कारण राजमार्ग अवरुद्ध


काठमाडौं । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार जयपृथ्वी नगरपालिका–७ तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध छ ।
छविसपाथिभेरा गाउँपालिकाको बालुवाटारमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको डीएसपी भण्डारीले बताए । यस्तै बित्थडची गाउँपालिकाको क्षेत्रमा पनि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार रातिदेखि बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
विकासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
बैशाख २४, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७