TRENDING

ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद

म जन्मिएको देश अहिले राष्ट्रवादमा चुर्लुम्मै डुबेको छ। यो क्षणलाई टाढा बसेर अवलोकन गरिरहँदा अलिकति रमाइलो, अलिकति अचम्म र धेरैचाहिंस यो स्थितिलाई राष्ट्रवादसँग अहिले मात्रै जोडेर हेरेको देख्दा, मानिसहरू कति मतलबी हुनेरहेछन् भन्ने सोच पनि आउँदो रहेछ।

हुनत, यो देश र यहाँका बासिन्दाहरू समय–समयमा राष्ट्रवादको नारामा डुबेर सामाजिक र राजनैतिक माहोल तताइरहेकै हुन्छन्स तर, अहिलेको राष्ट्रवादको नारा दूर देश अमेरिकाका ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पको कारणले धेरै उर्लिरहेछ।यसरी उर्लनुको कारण, डोनाल्ड ट्रम्पले यु।एस। एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएड) लाई ‘भ्रष्टाचारको अखाडा’को आरोप लगाएर उक्त एजेन्सी नै खारेज गर्नुमा आधारित छ। त्यसैको कारणले, सो एजेन्सी मार्फत नेपालमा भइरहेको विकासका कार्यक्रमहरू पनि स्वतः रोकिएका छन्।

त्यहींबाट सुरु भएको राष्ट्रवादको उर्लाइले नेपालको ‘राष्ट्रवादी समूह’ यसरी तातेको छ कि, हुने भए ट्रम्पले युएसआईडीलाई ‘भ्रष्टाचारी र अपराधी संस्था’को आरोप लगाएकै दिनदेखि अमेरिकाबाट आउने सबै सहयोग तुरुन्तै निषेधित गरेर शान्तिको निद्रा निदाउन पाइन्छ जस्तो भान दिइरहेछन्। नेपालमा अमेरिकी लगानी हुन थालेको ७४ वर्षभन्दा बढी भइसकेछस यसको सुरुआत सन् १९५१ मा भएको रहेछ र, सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ। केनेडीको पालामा खडा गरिएको युएसआईडी मार्फत निरन्तरता दिइएको थियो। त्यस समयदेखि यता डेढ अर्बभन्दा बढी युएस डलर नेपालमा भित्रिएको तथ्य सार्वजनिक रूपमै प्रकाशित पनि भएका छन्। ती रकम शिक्षा, स्वास्थ्य, कृषि, सचेतना आदि क्षेत्रमा प्रयोग भएका थिए। त्यसरी रकम आउन सुरु भएको समय राजा महेन्द्रको पालादेखि नै हो, त्यसलाई कसैले आँखा चिम्लिंदैमा इतिहास हराउने पनि होइन। सन् १९५४ मा सुरु गरिएको मलेरिया नियन्त्रण प्रोजेक्टदेखि सन् १९९३ मा एचआईभी रोगको कारण समाजबाटै अछूत जसरी बाँचिरहेका बिरामीहरूको उपचार र सहयोगको लागि गरिएको खर्च होस्, भिटामिन ए खुवाएर रतन्धो हटाउने कोशिश होस्, त्यसलाई अमेरिकाले पश्चिमा संस्कृति भित्र्याउन गरेको भनेर के आधारमा भन्न सकिन्छ ?

होला, केही कामहरू अपवादमा चित्त बुझ्ने खालका भएनन् होलास उनीहरूले, आफूले खर्च उपलब्ध गराउने स्थानहरूमा, उनीहरूको संस्थाले मानिआएको धर्म वा धार्मिक कार्यको गुणगान पनि गाए होलान्। अनि यतिकासम्म केही नदेख्ने आँखा, नसुन्ने कान र नबोल्ने मुखले एकैपटक अमेरिकी डलरले समाज बिगारेको कसरी देखेछ ?

यहाँनिर एउटा कुरा के बुझिएन भने, मानिसहरू बन्द समाजमा छैनन्स हरेक दिन नयाँ–नयाँ टेक्नोलोजीले उनीहरूलाई संसारसँग जोडिरहेको छ। चाहे विदेशी फन्ड आओस् वा नआओस्, मानिसहरूसँग हातहातमा इन्टरनेट सहितको स्मार्ट फोन नाम गरेको सूत्र छ, जसले सबैलाई विश्वका दूर देश, त्यहाँको संस्कृति, राजनीति र आर्थिक चहलपहलसँग जोड्छ र तर्क र विश्लेषण गर्न सक्ने बनाउँछ।

एउटा वर्ग, जो समाजमा भइरहेको बेथिति, उत्तरदायीविहीन प्रशासन, सीमान्तकृत समूहहरूमा भइरहेको अनेक भेदभाव, मानवीय सङ्कटबाट पीडित छ र त्यसबाट निस्कन सकेको प्रयास गरिरहेको छस सोही वर्ग र समुदायको नाममा आएको विदेशी सहयोग सीमित समूहले मात्रै प्रयोग गरिरहेको देख्छ, त्यो समूह भित्रभित्रै भुसको आगो सल्किए झैं सल्किरहेछ। सोही समूहको समेत आक्रोश बुझेरै या नबुझेर केही व्यक्तिहरू, बोल्ने र लेख्ने व्यक्तिहरूका पछाडि हात धोएर लागेका छन्स जसको फलस्वरुप, अहिले केही लेखक र कलाकारहरू बलिका बोका बनेका छन्।

हुनत, योभन्दा अगाडि पनि यस्ता घटनाहरू नघटेका होइनन्स अहिले जुन लेखक र कलाकारहरूको मानमर्दन गर्न केही समूह (विशेषगरी धार्मिक समूह) लागेका छन्, ती व्यक्तिहरूले योभन्दा पहिले पनि यसो नगरेका होइनन्। यो पंक्तिकार आफैंले पनि त्यस्ता ‘हेट स्पिच’का घटना न व्यहोरेको होइन।

जसरी अहिले, लेखक र कलाकारहरूको फोटो राखेर बदनाम गरिएको छ, त्यही घटना यो पंक्तिकारमाथि पनि घटेको थियो फेसबुकको प्रोफाइल फोटो निकालेर कतै नभनेको कुरालाई, भनेको र लेखेको भनेर, फेसबुकको ‘एमआरआर ग्रुप’, टिकटक, एक्स, सबैतिर छ्यापछ्याप्ती पारियो। भर्खरै बिरामीबाट तङ्ग्रिंदै गरेको अवस्थामा यति धेरै मानसिक तनाव दिइयो।

अति भएर २०८० साल फागुनमा साइबर ब्युरोमा उजुरी दर्ता गराउन जाँदा, त्यहाँकी एक अधिकृतले मौखिक रूपमा, ‘तपाईं आफैं बिरामी हुनुहुँदोरहेछ किन लेखिराख्नुहुन्छ ? लेख्न छाड्नूस् ’ (उनको आशय, सामाजिक सञ्जालमा केही नलेख्नुस् भन्ने थियो)  भनिन् भने, माथिल्ला अधिकृतले, फेक आईडी वा ब्ल्यु टिक नलिएका सामाजिक सञ्जालका आईडीहरूलाई कारबाही गर्न सकिन्न समेत भने। त्यतिबेला, उनीसँग मेरो प्रश्न थियो, ‘कुनै नेताहरूलाई केही लेख्यो भने त तपाईंहरू जतासुकै गएर समाउनुहुन्छ त ? ’

उनीहरूलाई त्यस्तो कुराको के मतलब ? हामी भुईंमान्छेको आत्मसम्मान नै कहाँ हुन्छ र ? बरु त्यसको बदलामा आधुनिक नेपाल र लोकतन्त्रको पक्षमा लेख्न र बोल्न नै छाड्नुपर्ने सल्लाह आयो।

त्यति मात्रै होइन, केही वर्ष अगाडि भएको निर्मला पन्तको बलात्कार र हत्याको केसमा बोलेको र लेखेको आधारमा, एक करोड रुपैयाँ लिएर केसलाई उचालेको भनेर सामाजिक सञ्जालमा बारम्बार लेखियो। सोही केसमा सँगसँगै आवाज उठाउनेहरूले समेत ‘यो पैसा खाएर बोलेको होइन, अन्यायको विरोधमा बोलेकोरलेखेको हो’ भनेर एकाधले बाहेक, एकशब्द कतै उल्लेख गरेको पाइएन। यस्तोरत्यस्तो अवस्थामा साँच्चै भन्ने हो भने, किन बोल्नु पर्‍यो वा लेख्नु पर्‍यो भन्ने सोच पनि नआउने होइनस तर, यो मेरो व्यक्तिगत लाभको लागि लेखेको वा बोलेको होइन भन्ने मानसिकता परिवर्तन नहुन्जेलसम्म न त विचार रोकिन्छन्स न अक्षर।

उसो त, आजको विश्वमा, नेपालको लागि बोल्न नेपाली नै हुनुपर्छ वा अमेरिका या अन्य देशका जनताका पक्षमा बोल्न, लेख्न तत्-तत् देशका नागरिक नै हुनुपर्छ भन्ने छैनस त्यो व्यवस्था हिजो पनि थिएन। त्यसैले त संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरूको स्थापना भयो होइन र ? कमसेकम, अहिलेका अपमानित गरिएका लेखक तथा कलाकारहरूको पक्षमा त केही आवाज भए पनि उठेका छन्स त्यो पनि सानो कुरा होइन।

फेरि कुरा बेलाबेलामा आक्रोशले उराल्ने राष्ट्रवादकैस यतिबेला यसरी समाजका केही व्यक्तिहरू तात्तिनुको कारण नेपालमा एनजीओ र आईएनजीओको नामबाट सीमित व्यक्तिहरूले आफू, आफ्ना परिवार र आफू वरिपरिका केही व्यक्तिहरूको अर्थोपार्जन गर्ने माध्यमको रूपमा विकसित गर्दै लग्नु पनि एउटा कारण हो जस्तो लाग्छ।

हाल नेपालमा १२० वटा आईएनजीओ र ६० हजार दर्ता भएका एनजीओहरू रहेछन्। तीमध्ये कति सक्रिय छन् थाहा भएनस तर, चर्चामा रहेका व्यक्ति संलग्न एनजीओहरूमध्ये केहीलाई नियालेर हेर्दा, एउटा कुरा छर्लङ्गै के देखिन्छ भने केही एनजीओका पदाधिकारीहरू तीसौं वर्षदेखि नेतृत्व हस्तान्तरण विना आफैंले खोलेका एनजीओहरूमा रजगज गरिरहेका छन्। यदि कथं छाड्न परिहालेछ भने, उनीहरू तत्कालै अर्को एनजीओ खोलेर आफैं नेतृत्वमा बसिहाल्छन्। उनीहरूको दातृ समुदायमा कार्यरत सम्पर्क सूत्रसँग बलियो सम्बन्ध हुन्छ जसले गर्दा, उनीहरूले उनीहरूकै मातहत र उनीहरूसँग धेरै नजिक रहेका सीमित व्यक्तिहरूले मात्रै देशको नाममा आएको दानरदातव्यलाई ‘प्रपोजल हालेको नाममा’ गाईरभैंसी पालेर दूध दुहेको जसरी वर्षौंसम्म दोहन गरिरहेछन्।

ती सीमित व्यक्तिहरू यति ठूला विज्ञ छन् कि, उनीहरू एग्रिकल्चरदेखि जुनसुकै कल्चरसम्मका विषयमा एड्भोकेसी गर्न सक्छन्। साँच्चै भन्ने हो भने, एउटै व्यक्ति कुनै औपचारिक अध्ययन विना कति वटा विषयसम्ममा अविच्छिन्न जताततै छाइरहने ज्ञाता हुन सक्छ ? यसको जवाफ कतैबाट सोधिन्छ ? आफू र आफ्ना व्यक्ति सम्बन्धित एनजीओलाई पैसा लिन के मात्रै गरिन्छ भन्ने एउटा रोचक उदाहरण, २०७५ साल पुस २९ गते आइतवार, राजधानीबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा मनिका झाले जनकपुरबाट लेखेको समाचार, ‘कुटाइ खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ’ शीर्षकको समाचारलाई लिन सकिन्छ।

समाचार अनुसार, प्रदेश–२ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर पिटेको मात्रै होइन कि, उल्टै प्रहरी बोलाएर पक्राउ गर्न लगाएको समाचार आएको थियो– कुट्नुको कारण बताउँदै।

कुटिने व्यक्ति झाले भनेको भनेर, ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’ भन्ने समाचार प्रकाशित भएको थियो। यो त सार्वजनिक रूपमै आएको समाचार भयोस नाम किटेर फलानो संस्थाको फलानो व्यक्ति भनेर लेख्दा वा फलानो दलको व्यक्तिको एनजीओले यसो गरिरहेछ भनेर लेख्दा प्रमाण जुटाउनुपर्ने हुन्छ। तर, एनजीओ चलाएर वर्षौंदेखि आफ्नै वरिपरि रहेका व्यक्तिहरूको ठाँटबाट हेर्ने हो भने यो प्रष्टै देखिंदैन र ? यतातिर सम्पत्ति शुद्धीकरणको कुरा लागू हुने कि नहुने ? कि, युएसएआईडीलाई मात्रै गाली गरेर आफूहरू चोखो हुने ? ‘म’ भइन भने ‘संसार नै चल्दैन’ भन्ने मानसिकताले गाँजेको गैससको राजनीति, शासकहरूको राजनीतिभन्दा कति फरक छ ? सोचौं त, राजनीति बाहेकका संघरसंस्थामा समेत कति नयाँ पुस्ता अगाडि आएका छन् ?

धेरै संस्थाहरु त आफू र आफ्नाको जागिरका लागि नै हुन्छन्, यहाँहरूले महसुस गर्न सक्नुहुन्न ? नेतृत्व परिवर्तन गर्ने कुरा आयो भने, तुरुन्तै नयाँ संस्था खोलिन्छन्। अनि, त्यही व्यक्तिरउही अनुहार, सडक रक्षा गर्ने सञ्जालदेखि नीति बनाउने संस्थासम्म, सरकारदेखि आईएनजीओका अधिकारीसम्मलाई नभई हुँदैन।

एउटा व्यक्ति च्यापेर, उनका परिवारमा परिवर्तन आउलास अरूलाई के फाइदा हुन्छ रु त्यति मात्रै होइनस अध्यक्ष छाड्नु पऱ्यो भने ‘कार्यकारी निर्देशक’ भएर तलबरभत्ता खाने। संस्थामा, विशेषगरी एकाउन्ट हेर्न आफ्नै परिवारको सदस्य राख्ने ! आईएनजीओका ‘नेपाली ब्रोकर’हरूले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को कुरा कहिल्यै नउठाउने !

राजनीतिमा रहेका थुप्रै मानिस कुनै न कुनै एनजीओ र आईएनजीओसँग सम्बन्धित छन्। साँच्चै भन्नुपर्दा मत माग्ने आधार समेत एनजीओले सहज बनाइदिएको जीवनशैलीबाट प्रभावित हुन्छन्।

कतिपय आईएनजीओ र विदेशी नियोगले प्रपोजल माग्दा, ती सीमित व्यक्तिहरूको एनजिओ या फर्मको प्रपोजल परेन भने ती प्रपोजलको माग क्यान्सिल पनि हुन सक्छन्स ती एनजीओहरूलाई सम्मिलित गराउन राजनैतिक जोड र घटाउले काम गरिरहेको हुन्छ। त्यसको लागि ती सीमित व्यक्तिका फोन र उपस्थिति जता पनि हुनसक्छ। यो कार्यहरूको नेटवर्कको जिम्मा आईएनजीओका प्रोग्राम अफिसरहरूले लिएका हुन्छन्।

अहिलेको युएसआईडीमाथिको आक्रोश तथा विदेशी सहयोग लिएर यो गर्‍यो वा त्यो गर्‍योस समाज भाँड्यो भन्ने आक्रोश त्यस्तो वातावरणको प्रतिफल पनि नहोला र ? त्यसैले, आईएनजीओ र एनजीओले गरेका राम्रा कामहरूको समर्थन गर्दै, विदेशी सहयोगलाई केही सीमित व्यक्तिहरूलाई नवधनाढ्य बनाउने कार्यको रूपमा सीमित नगरी, बहुजनको हितको लागि, पारदर्शी रूपमा सदुपयोग गरौं ! आजको दिनसम्ममा, विदेशी सहयोग विना नै राष्ट्र चल्छ र विरोध गरेर राष्ट्रवादीको कित्तामा उभिएको देखाउँदैमा सबै ठिक हुन्छ भन्नु त मृगतृष्णा बाहेक केही नहोला !

जहाँसम्म रह्यो अमेरिका र डोनाल्ड ट्रम्पको कुरा, उनले युएसआईडीको सहयोग पाउने देशहरूमा फन्ड काटेर जगाइदिएको राष्ट्रवाद एकछिनको रामरमिता बाहेक केही होइन ।

  • अमृता लम्साल (लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।)