

काठमाडौँ । मौद्रिक नीतिको एउटा व्यवस्थाले सेयर बजारमा उत्साह ल्याएको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेको हो । यो सँगै बजार २८१५.०४ अंकमा पुगेको छ । परिसूचक बढेको नेप्सेमा कारोबार रकम समेत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै वृद्धि बैंकिङ समूहको भएको छ । सो समूहको परिसूचक ३.३२ प्रतिशतले बढेको हो । त्यस्तै उत्पादन तथा प्रशोधनमूलक उद्योग परिसूचक पनि २.९१ प्रतिशत विन्दुले बढेको छ । आज सबै उपसूचक बढ्दा उल्लेखित बाहेक ६ उपसूचकको वृद्धि १ प्रतिशत भन्दा धेरै देखिएको छ ।
आज बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यसरी सर्किट लेभलमा कारोबार भएका कम्पनीहरूमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, अपर हेवाखोला जलविद्युत्, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत् कम्पनी रहेका छन् । भुगोल इनर्जीको ७.१७ प्रतिशतले घटेको मूल्य नै आजको सर्वाधिक गिरावट रह्यो ।
बजारमा आज पनि हिमालयन पुनर्बीमा सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकले प्रवाह गर्ने असल कर्जाको प्रोभिजनिङ दर १.१० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गरेको थियो । यो व्यवस्थाका कारण बैंकहरुको नाफा करिब साढे ४ अर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको छ । बैंकको अनुकूलमा मौद्रिक नीति आउँदा बैंकिङ क्षेत्रमा यसको प्रभाव देखिएको हो । बैंकसँगै समग्र बजारमा समेत आज सुधार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७