TRENDING
होमपेज
मलद्वारमा लुकाएर सुन ल्याउने ४ विदेशी पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ । बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो ।
विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुषबाट उक्त परिमाणमा सुन फेला परेको हो।
प्रारम्भिक अनुसन्धानमा तस्करी समूहले उनीहरूलाई भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७