

क्वालालाम्पुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारी सहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । जलवायु कार्यमा कुनै अमुक देशको एक्लो प्रयास अपर्याप्त हुने भन्दै बस्नेतले साझा प्रयत्नमा जोड दिए ।
विश्वका असंलग्न देशका युवाहरुको अन्तर्राष्ट्रिय संगठन र मलेसियाली युवा परिषदद्वारा राजधानी क्वालालम्पुरमा एसियाका १७ देशका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सम्मेलनमा बोल्दै उपाध्यक्ष बस्नेतले सो धारणा राखेका हुन् । सम्मेलनमा बस्नेतले भने, ‘असंलग्न आन्दोलनबाट मात्र विश्व सदभाव र शान्ति सम्भव छ । नेपाल र नेपाली युवा सदैव असंलग्न आन्दोलनमा प्रतिबद्ध छन् र रहिरहने छन् ।’
नयाँ बन्न लागेको राष्ट्रिय युवा नीति र युथ भिजनमा जलवायु कार्य र युवाको भूमिकालाई प्रमुख आधारस्तम्भको रुपमा समेट्न लागिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराएमात्र युवाका आवाजले स्थान पाउने दावी गरे । फेब्रुअरी २३ देखि २६ सम्म चलेको सम्मेलनमा अजरबैजान, बंगलादेश, बेलारुस, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, जोर्डन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, ओमान, उज्वेकिस्तान र पूर्वी टिमोर सहितका एसियाली युवा प्रतिनिधिहरुको सहभागिता थियो ।
सन् २०२२ को जुलाईमा अजरबैजानमा आयोजित ६३ वटा असंलग्न देशका प्रतिनिधिहरुको सम्मेलनबाट असंलग्न देशहरुको युवा संगठन स्थापना भएको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७