

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतले एकता महाधिवेशन नजिकिएसंगै सदस्यतामा जोड दिएको छ । संघले नयाँ सदस्यताका लागि २३ मार्च २०२५ सम्म समयसीमा तोकेर यसलाई प्राथमिकता दिएको हो । एकता महाधिवेशनमा सहभागी हुन सदस्यता अनिवार्य छ । यस लिंकमा गएर सदस्यता लिन सकिने एनआरएनए यूकेले जनाएको छ ।
यसैबीच, एनआरएनए यूकेले आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनबारे जानकारी दिन एक पत्रकार सम्मेलन पनि गर्ने भएको छ । संघको निर्वाचन समिति, महाधिवेशन आयोजक समिति र विधान संशोधन समितिले आउंदो २ मार्च मध्यान्ह १२:३० मा युके स्थित ठमेल रेष्टुरेन्ट अल्डरसटमा पत्रकार सम्मेलन राखेको हो ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले एकता महाधिवेशनबारे महत्वपूर्ण जानकारी दिइने जनाउंदै बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुलाई प्रेस मिटमा उपस्थित हुन अनुरोध गरेका छन् । एनआरएनए यूकेले डा. भीम पुनको संयोजकत्वमा एक निर्वाचन समिति बनाइसकेको छ । समितिको सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यहरुमा राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा छन् ।
सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशन बमोजिम एनआरएनए यूकेले अल्डरसटमा महाधिवेशन गर्न लागेको हो ।
उक्त महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने विशेष अतिथीका रुपमा आउने जनाइएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७