TRENDING
होमपेज
नेपालले दियो नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य


काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालकी अलराउन्डर पूजा महतोले अर्धशतक बनाइन् । पूजाले ५१ बलमा नटआउट ६२ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले २ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । नेपालले यसअघिका ४ वटै खेल हारेको छ । नेपाली महिला टोली नेदरल्यान्ड्स र थाइल्यान्डसँग २र२ पटक पराजित भएको छ । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुछारमा छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७