TRENDING
होमपेज
महानगर यातायातले थप्यो काठमाडौमा ४० वटा बस


काठमाडौ । महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ। २० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो। यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए।
‘यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्छन्,’ उनले भने। नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको बताएको छ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७