

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल अझै मर्मत गर्ने सुरसार अघि बढ्न सकेको छैन् ।
क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो । विनयी त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्काल डाईर्भसन यातायात सुचारु गरिएकोमा अहिले सम्म पुल मर्मतको काम नहुँदा यहाँ भएर यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य छन् ।
२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टन सम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको मालवाहक ट्रक पुल पार गर्न खोज्दा पुल भाँचिएको थियो । मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन नहुँदा अधिक लोड बोकेको मालवाहक ट्रकले पुलमा क्षति पुराएकोमा कारबाही माग गरिएको थियो । बाराको बिरगञ्ज भन्सार बाट छुट्नु पर्ने उक्त लरी कपिलबस्तुको कृष्णनगर भन्सारबाट छुटी हेटौंडा तर्फ गइरहेको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७