

काठमाण्डौ । माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपाली पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ ।
माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।
पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थालेको छ ।
काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।
न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७