

धनकुटा । नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको तथ्यांक पाइएको छ। जसमा निकृष्ट श्रममा २ लाख २२ हजार रहेको तथ्यांक पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा धनकुटा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो।
नेपालमा हाल १० देखि १४ वर्ष उमेर समूहका १५ दशमलव ३ प्रतिशत बालबालिका कुनै न कुनै रूपमा बालश्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरिएको हो। जसमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा कम बागमती प्रदेश रहेको पाइएको छ।
सरकारले सन २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रम मुक्त गर्ने लक्ष्य राखे पनि हालसम्म ८ वटा स्थानीय तह मात्रै बालश्रम मुक्त स्थानीय तह घोषणा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब जितेन्द्र प्रसाद शर्माले जानकारी दिए। श्रम मन्त्रालयका अनुसार नेपालमा १० लाख ८१ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेकोमा ६० प्रतिशत कृषि क्षेत्रमा, २० प्रतिशत घरेलु श्रममा र बाँकी विभिन्न क्षेत्रमा कार्यरत छन्।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७