

काठमाण्डौ । खो–खो विश्वकपको पुरुषतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । भारतको नयाँ दिल्लिमा हुने खेल नेपाली समयअनुसार केहीबेरमा साढे नौ बजे शुरू हुने छ ।
समूह चरणको यसअघिका खेलमा नेपालले हिजो ब्राजिललाई १३४–८ ले हराएको थियो । अस्तिको खेलमा पनि नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
यस्तै खो–खो विश्वकपको महिलातर्फ पनि नेपालले समूह चरणको अन्तिम खेलमा आज बङ्गलादेशसँग खेल्नेछ । खेल आज बेलुका पौने पाँच बजे शुरू हुनेछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ ।
हिजोको खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई पनि हराएको थियो ।
प्रतियोगितामा महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलका खेल भोलि हुनेछन् भने फाइनल खेल आउँदो आइतवार हुनेछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७