

काठमाडौँ । माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् ।
यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।
कहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३।०० प्रतिशत विन्दुदेखि अधिकतम ३।१० प्रतिशत ब्याज पाइन्छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज पाइन्छ भने एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ३।०० देखि ४।३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३।१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंकले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ । त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंकले तोकेको ४।३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७