

काठमाण्डौ । अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको हो ।
कमिन्सले व्यक्तिगत कारणले जनवरी र फेब्रुअरीमा श्रीलङ्कामा हुने टेस्ट शृङ्खला गुमाउने भए पनि फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुने एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन् । टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश छन् ।
अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो। नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ ।
अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यो च्याम्पियन्स ट्रफी मुख्य रूपमा पाकिस्तानमा आयोजना हुनेछ भने भारतसँगको खेलहरू राजनीतिक कारणले संयुक्त अरब इमिरेट्समा खेलाइने छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७