TRENDING

बजारमा तरुलको बढ्दो कारोबार

काठमाण्डौ । माघे संक्रान्ति नजिकिंदै गर्दा बजारमा तरुलको कारोबार बढेको छ । बजारमा पाइने तरुल पनि थरीथरीका छन् । पाँचऔंले, सिंगाने पिंडालु, दुधे पिंडालु, रातो र सेतो घर तरुल, लालबन्दीको तरुल अर्थात् देशी तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पताले तरुल, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल ।
कालीमाटीमा धेरै तरुल सर्लाहीबाटै भित्रिन्छ । त्यसबाहेक चितवन, नवलपरासी, सिन्धुली, धादिङ, नुवाकोट, पाल्पा लगायतका ठाउँमा पनि तरुल उत्पादन हुन्छ । आकाशे, पताले, सेतो अथवा घर तरुलको उत्पादन गरिरहेका सर्लाहीको बागमती नगरपालिकाका किसान जितेन मुखिया भन्नुहुन्छ, ‘२० विघा क्षेत्रफलमा तरुल लगाएको छु । सबै तरुल बिक्री भयो । अब पाँचर सात विघाको तरुल निकाल्न बाँकी छ ।’