

काठमाडौ । अब बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र भए पुग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचय पत्रमा भएको विद्युतिय अभिलेखको विवरणका आधारमा खाता खोल्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनु पर्ने छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
निर्देशनले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थमा सम्बन्धित निकायले उपलब्ध गराएको विवरणका अधारामा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने व्यवस्था गरेको हो।
यस्तै बैंकहरुले अब ग्राहकको खाता खोल्दा उक्त व्यक्ति उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भए नभएको समेत एकिन गर्नुपर्ने छ।
ग्राहकको पहिचान गर्दा पनि अब बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रिय जोखिम मूल्यांकन र पारस्परिक मूल्यांकलन प्रतिवेदन २०२३ ले औँल्याएका जोखिमयुक्त कसुरहरुलाई पहिचान गर्नुपर्नेछ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७