

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
कङ्गोबाट आएका मानिसको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । यसबाहेक अहिलेसम्म अरु सम्पर्कहरूमा कुनै केस फेला नपरेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।
एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकै रहेका व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा ठूला फोका जस्ता घाउ आउने र यो घातक हुनसक्ने डाक्टरहरु बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले गएको अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र कङ्गोमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७