

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना स् मिसिङ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ५ मिनेट १६ सेकेण्डको ट्रेलर प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।
सामाजिक सञ्जालबाट भेटिएका अपरिचित उनीहरू यात्रामा निस्कँदा आउने उतारचढावको कथावस्तुमा फिल्म बनेको छ । ट्रेलरले फिल्मले पहाड र मधेशबीच मेलमिलापको खोजी दर्शाइएको छ ।
नाजिर रामको भूमिका र सृष्टि सीताको भूमिकामा छन् । ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’का फुटेजलाई पनि स्थान दिइएको छ । दीपेन्द्र गौचन निर्देशित फिल्मलाई ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्ण, अमितेश शाहको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माताको रुपमा छन् ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७