TRENDING
होमपेज
चीनमा भूकम्पका कारण साढे १ मिटरभन्दा बढी तलसम्म जमिन भासियो


एजेन्सी । भूकम्पसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले हिजो चीनको तिब्बतमा गएको भूकम्पका कारण साढे एक मिटरभन्दा बढी तलसम्म जमिन भासिएको बताएका छन् ।
भूकम्पसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्थामा कार्यरत वैज्ञानिक जिआङ हाइकुले सरकारी टेलिभिजन सीसीटीभीसँग कुरा गर्दै भूकम्पका कारण केन्द्रविन्दुबाट ८० किलोमिटरको दूरीसम्म जमिन एक दशमलव ६ मिटरसम्म तल भासिएको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।
हिजो बिहान गएको भूकम्पका कारण एक सय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । २४ घण्टामा पाँच सय पटकभन्दा धेरै परकम्प गएका चिनियाँ समाचार संस्थाले जनाएका छन् ।
तिब्बतमा इन्टरनेटको पहुँचमा चीन सरकारले नियन्त्रण गरेकाले सञ्चारकर्मीहरू चीन सरकारको अनुमति नलिई त्यहाँ जान पाउँदैनन् । अहिलेसम्म प्राप्त सबैजसो सूचनाको मुख्य स्रोत चिनियाँ सरकारी सञ्चारमाध्यम हो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७