

एजेन्सी । चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अरू ६२ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट केही घरहरूमा क्षति पुगेको खबरमा उल्लेख छ ।
राष्ट्रपति सी जिनपिङले भूकम्पपछि भत्किएका संरचनामा फसेका नागरिकको ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न सेना र उद्धारकर्मीलाई निर्देशन दिनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेको उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिनुभएको हो ।
उहाँले सम्भावित प्रकोप रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धारपछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७