

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज प्रतिवादी रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा लामिछानेका तर्फबाट आज वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन् ।
सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा यसअघि आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ ।
लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ । प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ । त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन् ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७