

काठमाण्डौ । जय ट्रफी एलिट कप क्रिकेटमा अहिले दोस्रो दिनको खेल भइरहेको छ । पर्साको वीरगञ्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बाग्मती प्रदेश र मधेश प्रदेशबीच दोस्रो दिनको खेल शुरू भएको हो ।
७ विकेट गुमाएर १ सय ३ रनको अवस्थाबाट आजको ब्याटिङ थालेको पुलिस पहिलो पारीमा १ सय २५ रनमा अलआउट भएको छ । अहिले आर्मीले दोस्रो पारीको ब्याटिङ गरिरहँदा यो समाचार तयार पार्दासम्म ४ विकेट गुमाएर ७२ रन बनाएको छ । आर्मीले ६८ रनको अग्रता लिएको छ । यसअघि आर्मी पहिलो पारीमा हिजो १ सय २१ रनमा अलआउट भएको थियो ।
यस्तै २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट आजको ब्याटिङ थालेको बाग्मती पहिलो पारीमा १ सय ५० रनमा अलआउट भएको छ । अहिले मधेशले दोस्रो पारीको ब्याटिङ गरिरहँदा यो समाचार तयार पार्दासम्म एक विकेट पनि नगुमाई १७ रन बनाएको छ । मधेश अझै ३१ रनले पछि छ । यसअघि मधेश पहिलो पारीमा १ सय २ रनमा अलआउट भएको थियो ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७