

काठमाडौ । हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले हिजो विशेष मौसमी बुलेटिन निकालेर आज दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको कारण आज दिउँसोपछि भोलिसम्म धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।
यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भए पनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुनेछ । भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७