

काठमाण्डौ । अमेरिकी डलरको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ । आज अमेरिकी डलरको बिक्री दर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेर नयाँ रेकर्ड बनेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएकोले डलरको भाउ हरेक दिन बढीरहेको हो । अस्ति सोमवार एक अमेरिकी डलरको बिक्री दर १ सय ३५ रुपैयाँ ९७ पैसा थियो ।
हिजो बढेर १ सय ३६ रुपैयाँ ९ पैसा पुगेकामा आज फेरि बढेर १ सय ३६ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य भने १ सय ३५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढोस वा घटोस त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा ९भारु० प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७