

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५० रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५० रूपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६२ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५१ रूपैयाँ पर्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७