

काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने भएको छ । वितरण कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न भन्दै हललाई इमेल लेखेका छन् ।
‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउनुहोला’, वितरण कम्पनी टी–फोकले विद्युतीय पत्रमा लेखेको छ, ‘फिल्मलाई उतार्ने लगायतका कुरालाई बेवास्ता गर्नुहोला ।’
अर्को सूचना नआएसम्म प्रदर्शनलाई निरन्तरता दिन समेत वितरकले भनेको छ । शोमा असन्तुष्टि जनाउँदै फिल्मको निर्माता कम्पनी सेभेन सिजले शनिबार एकाएक सोमबारदेखि फिल्म उतार्ने आशयको विज्ञप्ति सार्वजनिक गरेको थियो ।
निर्माताको भनाइलाई खण्डन गर्दै वितरकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेका हुन् । वितरण कम्पनी र निर्माता कम्पनीबीच भएको सहमतिको दोस्रो नम्बर बुँदामा लेखिएको छ, ‘दोस्रो पक्ष ९निर्माण कम्पनी०ले नेपाली हलहरुमा रिलिज गरेको मिति कात्तिक १५, २०७५ गतेबाट ६ महिनाको लागि नेपाली फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार प्रथम पक्ष ९वितरक०मा निहित रहनेछ । उक्त समयावधि दुवै पक्षको आपसी सहमतिमा थपघट गर्न सकिनेछ । प्रथम पक्षको वितरण एवं प्रदर्शन सम्बन्धी अधिकारलाई दोस्रो पक्षले कुनै पनि आधार र कारण देखाई नकारात्मक असर पर्न सक्ने क्रियाकलाप गर्न पाइने छैन । तर यो व्यवस्थाले कानुन विपरीत कार्य गर्न छुट दिएको मानिने छैन ।’
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७