

काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सिद्धबाबा सुरुङमार्गको पुसभित्रै ‘ब्रेक थु्र’ अर्थात् छिचोलिने भएको छ । सम्झौता अवधिभित्रै निर्माण पूरा गर्ने गरी ठेकेदार कम्पनीले २४सैं घण्टा काम गरिरहेको हो ।
मंसिर १५ गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ३३ दशमलव ५९ प्रतिशत पूरा भएको सुरुङमार्ग परियोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
सुरुङमार्गको कुल लम्बाइ १ हजार १ सय २६ मिटर छ । त्यसमध्ये सुरुङ खन्नुपर्ने क्षेत्रफल १ हजार ८९ मिटर हो । हालसम्म ८ सय २४ दशमलव ८१ मिटर खनिएको छ। बाँकी रहेको २ सय ६४ दशमलव १९ मिटर खनेपछि ‘ब्रेक थु्र’ हुने परियोजनाले जनाएको छ ।
सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। ज्ञवालीका अनुसार परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । पाँच वर्षभित्र निर्माण गर्न ०७८ फागुनमा परियोजनाको सम्झौता गरिएको थियो । सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७