

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा रहेका प्रमुख पर्यटकीय स्थलहरु गणेश हिमाल, प्यलदोर पिक समेतलाई समेटेर उपभोक्ताको अधिकार सुनिश्चित हुनेगरि वन ऐन २०७६ दफा १५ अनुसार वन संरक्षण क्षेत्र घोषणाको तयारीमा बागमति प्रदेश वन तथा वातावरण मन्त्रालय लागेको छ ।
बागमति प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल भन्छन् ‘रुबीभ्याली क्षेत्रको सोमदाङ, पाङसाङ, लब्दुङ, सेर्तुङ, लगायतको क्षेत्रको स्थलगत अध्यायन समेत गरेर जनताको अधिकारलाई सुनिश्चित गर्न, वन तथा वातावरण संरक्षण गर्न, जनताको एकिकृत विकास गर्नका लागि वन संरक्षण गर्ने र पर्यटन विकासमा जोड दिनका लागि वन क्षेत्र संरक्षण गर्नू आवस्यक छ ।’
मन्त्री सिलवालले उर्वर भूमि भएपनि अवसर र पहुँचबाट वंचित भएको पाइएकोले धादिङबेसी रुबीभ्यालीदेखि सोमदाङसम्मको सडक, पदमार्ग, वातावरण संरक्षण गर्दै स्वर्गको टुक्रा रुबीभ्यालीलाई समृद्ध बनाउन लाग्ने बताए।
डिभिजन बन कार्यालय धादिङले धादिङबेसीमा आयोजना गरेको एक छलफलमा कार्यलय प्रमुख डिभिजन बन अधिकृत विष्णुप्रसाद आचार्यले सामुदायिक बनका उपभोक्ताहरुको संजाल बनाएर उपभोक्ताहरुको अधिकार र विकासका लागि बन ऐन २०७६को दफा १५ बमोजिम बन संरक्षण क्षेत्रका लागि अध्ययान गरिएको बताए ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७