

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्रीसहितको टोली सवार हिमालय एअरलाइन्सको जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उहाँ नेपाल आउँदा यसअघि जस्तो भिडभाड छैन ।
सरकारले भीभीआईपीको विदेश भ्रमणको बेला विमानस्थलमा हुने भिडभाडलाई हटाउन कार्यविधि संशोधन गरेकाले धेरै भिडभाड नभएको हो । प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा राष्ट्रियसभाका अध्यक्ष, सभामुख लगायतका व्यक्तिहरु विदाई र स्वागत गर्न नगए पनि हुनेगरी कार्यविधि संशोधन भएको छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गएको सोमवार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७