

दिमागमा रगत पुर्याउने नसा बन्द भइ आउने समस्यालाई ‘स्ट्रोक’ ९मस्तिष्कघात० वा प्यारालाइसिस भनिन्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार गर्ने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो । टाउको नखोलिकन खुट्टाको नसाबाट सानो तार प्रवेश गराएर समस्या देखिएको भागसम्म पुर्याइ यो प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।
‘स्ट्रोक’ दुई किसिमको हुन्छ । एउटा ‘इस्केमिक स्ट्रोक’, अर्को ‘हेमोरेजिक स्ट्रोक’ । शरीरको सबै अङ्ग नियन्त्रण गर्ने भनेकै दिमागले हो । सोच्ने, बोल्ने, हातखुट्टा चलाउने, मुटुको धड्कन, श्वास फेर्ने सबै केन्द्र दिमागमा हुन्छ । यसलाई जीवित बनाएर राख्न रक्त सञ्चार भएर सबै केन्द्रमा पुग्न आवश्यक हुन्छ ।
दायाँ भागको दिमागमा लिएर जाने रगतको नसा बन्द भयो भने एक्कासी हातखुट्टा चल्दैनन् र प्यारालाइसिस हुन्छ । बोल्न सकिँदैन । आँखा धमिलो देख्ने । मुख बाङ्गो हुने हुन्छ । यो भनेको ‘स्ट्रोक’ हो । स्ट्रोक भनेको रगतको नसा बन्द भएर रक्तसञ्चार नै अवरोध हुनु हो । यसलाई नै सामान्य भाषामा मस्तिष्कघात वा प्यारालाइसिस भन्ने गरिन्छ ।
प्यारालाइसिस कसलाई र किन हुन्छ रु
प्यारालाइसिस ४० वर्षमाथि उमेरकालाई लाग्ने सम्भावना हुन्छ । सुगरका बिरामीलाई पनि यो समस्या हुने सम्भावना हुन्छ । सुगरको औषधि सेवन गर्नु भएन भने पनि यो समस्या हुने देखिन्छ । रगतमा भएका सुगरको मात्रा दिमागको नसामा गएर जम्ने हुन्छ । यसले दिमागको नसा बन्द हुने समस्या आउँछ । प्रेसरका बिरामीलाई प्रेसर परीक्षण गरिएको छैन, प्रेसर परीक्षण गरेर पनि नियमित औषधि सेवन गरेका छैनौँ भने पनि प्यारालाइसिस हुने सम्भावना रहन्छ । प्रेसर दिमागको नसामा पुग्छ । ती नसा खुम्चिँदै गएर बन्द हुन्छ । यसले प्यारालाइसिस गराउँछ ।
आजको भोलिभन्दा पनि लामो समयमा यो समस्या देखा पर्छ । यस्तै, मोटोपना भएका व्यक्तिमा यो रोग लाग्न सक्छ । त्यसैले मोटोपना बढी भएका व्यक्तिले नियमित रुपमा व्यायाम गर्नु पर्छ । धुम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोग बढी हुन्छ । मुटुले रगत फालेर शरीरका विभिन्न ठाउँमा पुर्याउने गर्छ । तर मुटुमै समस्या भएमा रगत राम्रोसँग फ्याक्न सकेन भने रगत जमेर ढिक्का बन्छ । रगत ढिक्का बन्न नदिन मुटु रोगका बिरामीलाई रगत पातलो बनाउने औषधि दिइन्छ । त्यो औषधि नियमित सेवन नगरेमा रगत जम्छ । रगतको ढिक्का उछिट्टिएर दिमागका अन्य नसामा गएर बन्द भइदिन्छ । यिनै कारणले गर्दा प्यारालाइसिस, पक्षघात तथा स्ट्रोकको समस्या देखिन्छ ।
प्यारालाइसिस भएको कसरी थाहा पाउने रु
प्यारालाइसिसको लक्षण छिटो देखिन्छ । यद्यपि लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ । त्यसैले प्यारालाइसिस हुँदा देखिने लक्षणलाई अंग्रेजीको ‘बी फास्ट’ भन्ने तरिकाबाट बुझ्न सक्छौँ ।
(शरीरको सन्तुलत बिग्रने । हिँड्न, बस्न र उठ्न असहज हुने ।
– यसको अर्थ आँखा धमिलो देख्नु । एउटा वा दुवै आँखाले हेर्नमा कठिनाइ हुनु ।
–अनुहार र मुख बाङ्गिनु ।
– हात लुलो हुनु, शरीरको एक भाग अचानक कमजोर महसुस हुनु ।
– बोली लर्बराउनु ।
(समयमै अस्पताल पुर्याउनु ।
यो रोग एक्कासी हुने हो । यसमा समय एउटा महत्त्वपूर्ण कुरा हो । यसमा गोल्डेन आवर भन्ने हुन्छ । यस्ता लक्षण भएका व्यक्तिको दिमागको नसा बन्द भएको हुन्छ सक्छ । त्यो दिमागको नसा समयमै अर्थात २४ घण्टाभित्र खोल्न सकेमा पहिलाजस्तै मान्छे निको हुन्छ । त्यही भएर समय एकदमै महत्त्वपूर्ण हुन्छ ।
कम उमेरकालाई पनि जोखिम बढ्दो
पछिल्लो समय साना उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । किनकि सुगर, प्रेसर लगायत रोगहरू बढ्दो उमेरमा देखिन्थ्यो तर पछिल्लो समय आएर ‘स्ट्रोकिङ योङ्ग’ पनि भनिन्छ । मैले २० वर्षको मानिसलाई पनि उपचार गरेको छु । ९२ उमेरकालाई पनि उपचार गरेको छु । २०र२२ वर्ष उमेरकालाई पनि यो रोग हुन थालेको छ । किन भने कम उमेरका मानिसले पनि एकदमै तनाव लिन्छन् । समयमा सुत्दैनन् । मानिस ७ देखि ९ घण्टा सुत्नु पर्छ । तर तनाव लिन्छौँ, यो सबै कुराले पनि स्ट्रोक गराउँछ । अहिले १०० जनामध्ये १५ जना ४० वर्षभन्दा कम उमेरकालाई स्ट्रोक भएको पाइन्छ ।
उपचार कस्तो छ रु
यसको उपचार खर्च कम्तीमा ४ लाख रुपैयाँको हाराहारी हुन्छ । यस उपचार पद्धतिमा प्रयोग हुने सामग्रीहरू महँगो पर्ने भएकाले यो उपचार महँगो छ ।
यो उपचार पक्कै पनि सरकारी निकायमा हुन थाल्यो भने सस्तो पर्न सक्छ । धेरै रोगमध्ये एकदम कम रोग हुन्छन्, जसलाई गोल्डेन आवरमा उपचार गर्नुपर्छ । यो रोग पनि २४ घण्टाभित्र उपचार गर्न सकिएन भने उपचार सम्भव नै हुँदैन ।
नेपालमा न्यूरो इन्टरभेन्सनिस्ट जनशक्ति कम छन् । मुख्य अस्पतालमा एक वा दुई जना न्यूरो इन्टरभेन्सनिस्ट हुनु आवश्यक छ । २४ घण्टामा अस्पताल आइपुगेमा यो रोगको शत प्रतिशत उपचार गर्न सकिन्छ । तर सो समयभन्दा पछि अस्पताल आएमा उपचार मुस्किल हुन्छ । सरकारी अस्पतालमा पनि यस रोगको उपचार विस्तार गर्न आवश्यक छ । एक पटक स्ट्रोक भएको व्यक्तिलाई सामान्य व्यक्तिको तुलनामा पुनः स्ट्रोक हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्तिले नियमित औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
स्वास्थ्यबाट थप समाचार
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
विश्व खोप सप्ताह प्रारम्भ
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७