

‘ह्रस्व(दीर्घ’को कथा सरल छ, मेयर ९विपना थापा०को छोरा हुन् हरि ९हरिहर अधिकारी० । देवधाम चलाउने महामहन्त ९प्रदीप रावत०की छोरी हुन् नारायणी नीता ढुंगाना । हरि र नारायणीको भेट यसरी हुन्छ कि चिप्लिएर लड्न लागेकी नारायणीलाई हरिले ‘हिरो स्टाइल’ मा समातेर जोगाउँछन् ।
यहीवेला नारायणी र हरिको हात २४ घण्टासम्म टाँसिन्छ । यो २४ घण्टाभित्र धेरै घटना घट्छन् । नारायणी र हरि नजिक हुन्छन् । प्रेममा पर्छन् । मध्यान्तरमा दुवैको परिवारले थाहा पाउँछन् । अनि त के चाहियो रु नारायणी हरिको घरमा र हरि नारायणीको देवधाममा एक(एक महिना बस्नुपर्ने अवस्था आइदिन्छ ।
महामहन्तलाई प्रभावित बनाउन खोज्दा एक महिनामा हरिले अनेक हण्डर खान्छ । यही बीचमा नारायणीको मामा ९ब्रह्मानन्दन० आउँछन् । एक महिना सकिन्छ । हरि घर आउँछ । यहीवेला नारायाणीले आफ्नी बहिनी ९गरिमा शर्मा०लाई मर्नुपर्ने अवस्था सृजना गरिदिने हरि हो भन्ने थाहा पाउँछिन् । तनाव सृजना हुन्छ । अनि मरिसकेकी बहिनीले कथामा ट्विस्ट ल्याउँछिन् ।
बहिनीले के ट्विस्ट ल्याउँछिन् त रु यसका लागि भने हलमै गएर फिल्म हेर्नुपर्ने हुन्छ । यति ट्विस्टका लागि मात्रै होइन, अन्य धेरै कुराको स्वाद लिन ‘ह्रस्व(दीर्घ’ हलमा गएर हेर्दा हुन्छ । नीता र हरिहरको अभियन अनि केमेस्ट्रीको मजा लिन पनि यो चलचित्र हेर्नुपर्ने हुन्छ । खासगरी नीताको अभिनय प्रशंसायोग्य छ ।
‘गजनी’ जस्ता चलचित्रमा नेपाली दर्शकले आमीर खानसँग हेरेका रावतलाई नेपाली फिल्ममा हरिहर अधिकारीसँग हेर्नुको आनन्द बेग्लै छ । दक्षिण भारतीय चलचित्रहरुमा पेट मिचिमिची हसाउने ब्रह्मानन्दन, मोहम्मद अलीलाई ‘ह्रस्व(दीर्घ’मा हेर्दा बेग्लै मजा आउँछ । ‘पुष्पा’मा भिलेनको भूमिका निर्वाह गरेर नेपाली दर्शकको मनमा बसेका सुनिल वर्मालाई पनि ‘पुष्पा अवतार’मै देख्दा दर्शकलाई मजा नआउने कुरा भएन ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७