

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चरम लापरबाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।
मृतकका आफन्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी पुनः अस्पताल भर्ना भएका थिए । कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मिर्गौला निकादिएको थियो ।
मिर्गौला निकालेको भोलि पल्ट नै बिरामीको मृत्यु भएपछि आफन्तले मृत्युअघि नै बिरामीको मृगौला गायब पारिदिएको आरोप लगाएका छन् । र त्यसको जिम्मा अस्पतालले लिनुपर्ने उनीहरूको अडान छ।
आफन्तले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई लाश नबुझ्ने अडान लिएका छन् । अस्पतालले भने सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र डिस्चार्ज गरेर घर पठाएको दाबी गरेको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७