TRENDING

सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्ला केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ ।