TRENDING
होमपेज
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्यामा २० प्रतिशतले वृद्धि, होटल व्यवसाय चलायमान


ताप्लेजुङ । पछिल्ला वर्षमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको कञ्चनजङ्घा हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
वर्षभरि कञ्चनजङ्घा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ ।
यस वर्षको भदौदेखि शुरू भएको याममा अहिलेसम्म सात सय ५० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा पुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँच चौकी ९चेकपोस्ट० कार्यालयको तथ्याङ्क छ । आन्तरिक पर्यटकको सङ्ख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
लेक लागेर मर्छन् विदेशी पर्यटक
चैत्र १३, २०८१
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७