

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा यूएईले नेपाललाई १ सय २३ रनको लक्ष्य दिएको छ।
युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको हो।
यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्। लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक(एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।
अघिल्ला दुई खेलमा प्रभावशाली जित निकालेको नेपाली टीम आज लगातार तेस्रो जितको लक्ष्यसहित मैदानमा छ। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार जित दर्ता गरेको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू(१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
यू(१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७