

एजेन्सी । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनलाई अन्तिम रूप दिइरहेको बताउनुभएको छ ।
अस्ट्रेलियाले एक उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गरिरहेको छ जसले बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँचबाट रोक्न मद्दत गर्दछ । यो कानून ढिलोमा अर्को वर्षको अन्तिमदेखि लागू हुने प्रधानमन्त्री अल्बानिजले बताउनुभएको अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।
सामाजिक सञ्जालले हाम्रा बच्चाहरूलाई हानि पुर्याइरहेको छ र यसको समाधानका लागि मैले काम गरिरहेको छु, अल्बानिजले एक पत्रकार सम्मेलनमा भन्नुभएको छ । उहाँले सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हुने जोखिमहरू उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालको गलत प्रयोगले बालिकाहरू यौन शोषणमा परिरहेको र बालकहरूको विकासमा पनि समस्या सिर्जना भएको अस्ट्रेलियाका प्रधानमन्त्रीले बताउनुभएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७