

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नं।को ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नं। को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् । हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताए । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७