TRENDING
होमपेज
अमेरिकी डलरमा नयाँ रेकर्ड ः एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो


काठमाण्डौ । अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ ।
यो अहिलेसम्मकै उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार एक सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हिजो अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले जितेपछि लगानीकर्ताको आकर्षण डलरमा बढेको विश्लेषण गरिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७