

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अमेरिकामा भइरहेको शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ ।
अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो । नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले २५र२५ रन जोडे । आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए ।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । स्कटल्याण्डका मार्क वाटले ३४ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २र२ विकेट तथा आरिफ शेखले १ विकेट लिए । लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७