

एजेन्सी । युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ ।
आफूमाथि भएका क्षेप्यास्त्र र ‘ड्रोन’ हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलका अर्थमन्त्री बेल्सालेल स्मोट्रिचले युद्धका लागि आफ्नो देशले ६० अर्ब डलर भन्दा बढी चुकाउनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
हमास र हिजबुल्लाहविरूद्धको लडाइँले देशको अर्थतन्त्रमाथि गम्भीर असर पारिसकेको विश्लेषण गरिएको छ । अर्थमन्त्री स्मोट्रिचले संसद्लाई सम्बोधन गर्दै इतिहासकै लामो र खर्चिलो युद्धमा रहेको यसअघि बताउनुभएको थियो ।
ब्याङ्क अफ इजरायलका पूर्व गभर्नर कार्निट फ्लोगले सरकारले नोक्सानी कम गर्न कर बढाउनुपर्ने बताउनुभएको छ । अर्थविद्हरूले चुलिएको सैन्य खर्चलाई धान्ने हिसाबले खर्च कटौतीसहित सन् २०२५ का लागि बजेट प्रकाशित गर्न सरकारलाई अनुरोध गरिरहेका छन् ।
सन् २०२३ को अक्टोबर अघिसम्म इजरायलको अर्थतन्त्र बलियो हुँदै गइरहेको थियो तर युद्ध शुरु भएयता सङ्कुचित हुन पुगेको छ । ब्याङ्क अफ इजरायलले सन् २०२४ मा अर्थतन्त्र जम्मा शून्य दशमलव ५ प्रतिशतले बढ्ने जनाएको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७