

काठमाडौ । आइसिसी विश्वकप लिग–२ मा आज मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज राति सवा ९ बजेदेखि सुरु हुनेछ ।
नेपालले आज खेल्न लागेको लिग–२ को दसौँ खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग–२ को खेलमा नेपाल जितबिहीन छ ।
लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौँ स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो ।
स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७