

काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने गरिन्छ ।
यसवर्ष यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहार भोलि परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । धनवन्तरी जयन्ती पनि भोलि बुधवार परेको छ ।
तिथिको घटबढका कारण पर्सि बिहीवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । बिहीवार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७