TRENDING
होमपेज
वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ


काठमाण्डौ । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्तौलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।
उनलाई काठमाण्डौको दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७