

हेटौंडा । गत असोजको दोस्रो साता आएको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा २३ हजार रोपनी जग्गाको बालीनाली नष्ट भएको पाइएको छ ।
असोज १० देखि १३ गतेसम्मको बाढीपहिरोले मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी मानवीय र भौतिक एवं पूर्वाधारको क्षति इन्द्रसरोवर गाउँपालिकामा भएको छ । बाढीपहिरोमा परेर मकवानपुरमा १० जनाको मृत्यु भएको छ ।
जसमध्ये इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा परेर ६ जना खेलाडीको मृत्यु भएको थियो भने मनहरी गाउँपालिकामा बाढीले बगाएर २ जना, मकवानपुरगढीमा एक जना र वाग्मती गाउँपालिकामा १ जना गरी १० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अध्यक्ष एवं प्रजिअ तीर्थराज चिलुवालले बताए । बाढीपहिरोमा परेर ६ जना घाइते भएका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७