

काठमाण्डौ । इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तान १ सय ५२ रनले विजयी भएको छ । पाकिस्तानले घरेलु मैदानमा ११ टेस्ट खेलपछि पहिलो जीत हासिल गरेको हो ।
पाकिस्तानले दिएको दुई सय ९७ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्ड चौथो दिनको खाना समयअघि १ सय ४४ रनमै अलआउट भयो । दोस्रो पारीमा इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका नोमान अलीले ८ विकेट लिए । दोस्रो पारीमा पाकिस्तानले सलमान अघाको अर्धशतकको मद्दतमा २ सय २१ रन बनाए । इङ्गल्यान्डका शोएब बशिरले ४ विकेट लिए ।
घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा कमरन गुलामको शतक र सइम अयुबको अर्धशतकको मद्दतमा ३ सय ६६ रन बनाएको थियो । इङ्गल्यान्डका ज्याक लिचले ४ विकेट लिए । यस्तै इङ्गल्यान्डले पहिलो पारीमा बेन डकेटको शतकको मद्दतमा २ सय ९१ रन बनाएको थियो । पाकिस्तानका सजिद खानले ७ विकेट लिए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७