TRENDING
होमपेज
हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आजदेखि तीन दिन बन्द


मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै काठमाडौं जाने दुई सडक आजदेखि तीन दिन बन्द हुने भएको छ ।
हेटौंडा हुँदै काठमाडौं जाने कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द गर्न लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।
मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भई रहेको हुनाले उक्त मर्मत कार्य ३ दिन लाग्ने भएकोले दुबै बाटो बन्द गर्न लागेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उनले सो बाटो हुँदै संचालन हुने सवारीसाधनलाई बैकल्पिक बाटोको रुपमा हेटौंडा–भैंस– पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा–ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न आग्रह गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७