

काठमाडौ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।
काठमाण्डौमा तीन हजार एक सय तीन, कास्कीमा दुई हजार आठ सय ४७, तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा पाँच सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी हुने बताउनुभयो । दशैँलगत्तै अस्पताल पुग्ने डेङ्गीको बिरामी बढिरहेका र समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको उहाँको भनाइ छ ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७