

काठमाण्डौ । मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।
तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल ९ब्लोदान० का अध्यक्ष राजेश श्रेष्ठले उज्यालोलाई बताउनुभयो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डौले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाण्डौ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताउनुभयो । दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले बल्लतल्ल एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ ।
गएको असोज १०, ११ र १२ गते देशभर परेको ठूलो वर्षा र लगत्तै दशैँ पर्व परेकाले रगतको सङ्कलन केही घटेको हो । दशैँका बेला हप्तामा मुश्किलले चार सय युनिट मात्र रगत सङ्कलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेङ्गी र प्राकृतिक विपद्का कारण माग बढेका बेला रगत कम सङ्कलन भएकाले माग धान्नै नसकिने अवस्था आएको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा। पवन गुप्ताले उज्यालोलाई बताउनुभयो ।
रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुबानका कारण आफ्ना नियमित क्याम्प पनि सञ्चालन गर्न सकेको थिएन । त्यसमाथि चाडपर्वको बेला विगतमा पनि रगतको अभाव हुने गरेकोमा यसपालि अलि धेरै समस्या भएको हो ।
काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरका अस्पतालमा उपचाररत रगत चाहिने बिरामीका आफन्तलाई रगत जुटाउन निकै समस्या भएको छ । अहिले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम भइरहेकाले केही दिनमा नै रगत सहज हुने निर्देशक गुप्ता बताउनुहुन्छ । उहाँले रक्तदान गर्न मिल्ने सबै नागरिकलाई रक्तदान गर्न पनि आग्रह गर्नुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७