

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज भारत र श्रीलङ्का तथा स्कटल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।
समूह ुएु का भारत र श्रीलङ्काबीचको खेल दुबईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । भारत पहिलो खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित हुँदा दोस्रो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले र अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।
यस्तै आजको पहिलो खेलमा पौने ४ बजे दुबईमा समूह ुबीु का दक्षिण अफ्रिका र स्कटल्यान्ड खेल्दैछन् । दक्षिण अफ्रिकाले पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेट हराउँदा दोस्रो खेलमा इङ्गल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । स्कटल्यान्ड उद्घाटन खेलमा बङ्गलादेशसँग १६ रन र दोस्रो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो ।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७